भाद्र ५ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेको छ ।
क्यानले आज शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।
जसमा बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । उनले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बन्द प्रशिक्षणमा रहेकाबाट कमल सिंह ऐरी र शाहब आलम बाहिरिएका छन् ।
सिरिजका लागि नेपाली टोली आगामी मंगलबार ओमान प्रस्थान गर्ने छन् । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।
त्यस्तै सिरिज अघि नेपालले पपुवा न्युगिनी ९पीएनजी० सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ ९भदौ २० र २३० मा खेल्ने क्यानले जनाएको छ।
यस्तो छ घोषित नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी ९उपकप्तान०, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार ।



