शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश

एक्सप्रेस पाना
जेठ २७, २०७९ शुक्रबार
  • 483
    SHARES
  • घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश

    जेठ २७ काठमाडौं । हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ मा घरेलर टोली विजय युथ क्लब हेटौंडा फाईलनमा प्रवेश गरेको छ ।

    images

    हेटौंडा-५ को पिप्ले रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ क्लब फाईनलमा प्रवेश गरेको हो ।

    प्रतियोगितामा विजय युथका विदेशी खेलाडी पेपेले गरेको गरेका थिए । उनले गरेको उक्त गोल नै निर्णायक बनेको थियो । आजको खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार प्राप्त गरे । विजय युथले अब भोली हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको विजेतासंग जेठ ३० गते फाइनल खेल खेल्ने छ ।

    images

    दोस्रो सेमिफाइनल खेलमा भोलि एभिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लब प्रतिष्पर्धा गर्ने छ । प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मकवानपुर गोल्डकप