जेठ २९ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमा नै बेहोस भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले कुवेतसँग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमान २, फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले १/१ गोल गरे ।
यता पाहुना टोली नेपालका लागि दर्शन गुरुङले एक गोल सान्त्वना गोल फर्काए । उक्त हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । यस्तै मैदानमै व्यहोस भएका प्रशिक्षकको अबस्थामा सामान्य रहेको एन्फाले जनाएको छ ।



