शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोनाल्डोमाथि लगाएको बलात्कारको मुद्दा खारेज

एक्सप्रेस पाना
जेठ २९, २०७९ आइतबार
  • 580
    SHARES
  • रोनाल्डोमाथि लगाएको बलात्कारको मुद्दा खारेज

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी शिक्षिकासमेत रहेकी एक अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ । अमेरिकी न्यायाधीश जेनिफर डोर्सीले रोनाल्डोमाथि लगाईएको मुद्दा खारेज गरेका हुन् ।

    images

    उक्त महिलाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । यस्तै ती महिलाले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेका थिइन् ।

    तर आरोपित शिक्षिकाका वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै अदालतले बलात्कार मुद्दा खारेज गरिएको हो । रोनाल्डोले भने सुरूदेखि नै बलात्कारको आरोप अस्वीकार गर्दै आईरहेका थिए ।

    images

    यस्तै बलात्कार मुद्दामा ती महिलाले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको र ती आरोप सार्वजनिक नगरिने शर्तमा रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर भुक्तानी गरिसकेको रिपोर्ट समेत बाहिर आएको थियो।  

  • सम्बन्धित विषय:

  • # Ronaldo