आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : लिभरपुल दोस्रो जितसँगै शीर्ष स्थानमा

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 290
    SHARES
  • प्रिमियर लिग : लिभरपुल दोस्रो जितसँगै शीर्ष स्थानमा

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा लिभरपुल विजयी भएको छ ।

    images

    शनिबार साझ सम्पन्न भएको खेलमा लिभरपुलले बर्नलीमाथि २/० गोलको सहज जित निकालेको हो । घरेलु टोली लिभरपुलको जितमा पोर्चुगिज युवा फरवार्ड डिएगो जोटाले तथा सेनेगलका फरवार्ड साडियो मानेले समान १र१ गोल गरे ।

    खेलको १८औं मिनेटमा जोटाको गोलबाट पहिलो हाफ भरि १/० गोलको अग्रता बनाएको उनले कोस्टास सिमिकसको पासमा गोल गरे । त्यस्तै लिभरपुलका लागि दोस्रो हाफको खेलको ६९औं मिनेटमा मानेले गोल गर्दै २(० गोलको जित पक्का गरे ।

    images

    उक्त जित सँगै लिभरपुल २ खेलबाट ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता पराजित बर्नली भने लगातार दोस्रो खेलमा हार ब्यहोरेको छ । 

    आज हुने अन्य खेलहरु नेपाली समयअनुसार 
    किस्टल प्यालेस भर्सेस ब्रेनफोड (७:४५)
    लिड्स युनाइटेड भर्सेस एभर्टन (७:४५)
    म्यान्चेस्टर सिटी भर्सेस नर्वीच सिटी (७:४५)
    एस्टन भिल्ला भर्सेस न्युक्यासल (७:४५)
    ब्राइट भर्सेस वाटफोर्ड (१०:१५)