जेठ ३० काठमाडौं । युईएफए नेसन्स लिगमा पोर्चुगलल पराजित भएको छ । गएराति भएको खेलमा भेट्रान्स फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगल घरेलु टोली स्वीट्जरल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु टोलीको जितमा हरिस सेफेरोभिकले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए । खेलको सुरुवाती समय सम्हालिन नपाँउदै गोल खाएको पोर्चुगलले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोल फर्काउन भने सकेन ।
उक्त जितसँगै ४ खेलबाट ३ अंक जोडेको स्वीट्जल्यान्ड अंकतालिकाको पुछारमै रहेको छ । पोर्चुगल ७ अंकसहित दोस्रो स्थानमा छ । स्पेन ८ अंक जोडेर शीर्षस्थानमा रहँदा चेक रिपब्लिक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।



