शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अशोक बराल मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

एक्सप्रेस पाना
जेठ ३०, २०७९ सोमबार
  • 531
    SHARES
  • अशोक बराल मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

    जेठ ३० हेटौंडा । मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ को सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथ क्लब हेटौंडाका कप्तान तथा गोलरक्षक अशोक बरालले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् ।

    images

    प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको करिब ६ लाख रुपैयाँको मोटरसाइकल बरालले हात पारेका हुन् । उनी युथ-२३ का पूर्वराष्ट्रिय खेलाडी हुन् भने मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायीक फुटबल खेल्छन् ।

    प्रतियोगिताको व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकतर्फको सवै पुरस्कार आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपाने घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेता र उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # मकवानपुर गोल्डकप