एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविको विजेता म्यान्चेस्टर सिटीले पहिलो जित निकालेको छ । पहिलो खेलमा टोटह्यामसँग १/० गोलले पराजित भएको सिटीले दोस्रो खेलमा जित निकालेको हो ।
शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले नर्वीच सिटीलाई ५/० गोल अन्तरले हराएको छ । म्यान्चेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली सिटीको जित दिलाउन ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पहिलो हाफमा २/० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप ३ गोल सम्भव भएको थियो ।
उक्त जितसँगै सिटीले पहिलो जित निकालेको छ । उसले २ खेलबाट ३ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यता पराजित नर्वीच सिटीले भने लगातार दोस्रो खेलमा हार व्यहोर्नुपरेको छ ।
अन्य खेलको नतिजा
किस्टल प्यालेस भर्सेस ब्रेनफोड (०-०)
लिड्स युनाइटेड भर्सेस एभर्टन (२-२)
एस्टन भिल्ला भर्सेस न्युक्यासल(२-०)


