शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालको पोस्टमा इन्डोनेसियाले गर्यो सात गोल

एक्सप्रेस पाना
आषाढ १, २०७९ बुधबार
  • 493
    SHARES
  • नेपालको पोस्टमा इन्डोनेसियाले गर्यो सात गोल

    असार १ काठमाडौं । एएफसी एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपालको पोष्टमा इन्डोनेसियाले गोलको बर्षा भयो । 

    images

    इन्डोनेसियाविरुद्ध नेपालले खेलको छैटौं मिनेटमा पहिलो गोल खायो । इन्डोनेसियाका लागि मुहमद दिमास द्रजाडले गोल गरे । ३३ औं मिनेटमा नेपाल १० खेलाडीमा झर्न पुग्यो । डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो पाउँदै मैदानबाट बाहिरीए । ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २-० को अग्रता दिलाए ।

    पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इन्डोनेसियाले ५४ औं मिनेटमा तेस्रो गोल गर्यो । उसका लागि आर्यन्टोले गोल गरे । ५५ औं मिनेटमा नेपालको पोष्टमा चौथो गोल थपियो । इन्डोनेसियाका लागि साद्दिल रामदानीले गोल गरे । ८०औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दा इन्डोनेसिया ५-० ले अगाडी रह्यो । ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६-० अगाडी राखे । खेलको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७-० को जित दिलाए ।

    images

    यस हारसँगै समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरीएको छ । यो प्रतियोगितामा नेपाल जोर्डनसँग २-० ले कुवेतसँग ४-१ गोलले पराजित भएको थियो ।  नेपाललाई भारी अन्तरले हराएको इन्डोनेसिया १५ बर्षपछि एसियन कपमा छनोट भएको छ । उसले अन्तिम पटक सन् २००७ मा एसियन कपमा स्थान बनाएको थियो । 

  • सम्बन्धित विषय:

  • # फुटबल