एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता इन्टर मिलानले पहिलो खेलमा शानदार जित दर्ता गरेको छ ।
शनिबार राति भएको सिजन २०२१र२२ को खेलमा इन्टरले जिनोआलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जिताउन मिलान स्क्रिनियर, हाकान कलआनोग्लु, अर्टुरो भिडाल र इडिन डेज्कोले एक–एक गोल गरे । पहिलो हाफमा २/० गोलको अग्रता बनाएको मिलानले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।
खेलको छैटौं मिनेटमा मिलानले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १४औं मिनेटमा हाकानले गोल गर्दै इन्टरलाई २/० गोलको अग्रता दिलाए । ७४औं मिनेटमा भिडालले गोल गर्दै इन्टरको अग्रता तेब्बर बनाउँदा खेल सकिन दुई मिनेट बाँकी छँदा इडिनले गोल गर्दै इन्टरलाई ४–० गोलको जित दिलाए ।
उक्त जितसँगै इन्टरले पहिलो खेलमै महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । जिनोआले भने हारबाट सुरुवात गरेको छ ।
अन्य खेलको नतिजा
भेरोना भर्सेस सासुलो (२-३)
इम्पोली भर्सेस लाजियो (१-३) बजे
टोरीनो भर्सेस एटलान्टा (१-२) बजे



