आइतबार, भाद्र २८ गते २०८३
images

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो 

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 294
    SHARES
  • ला लिगा : बार्सिलोना बराबरीमा रोकियो 

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधिको दाबेदा टोली बार्सिलोना बराबरीमा रोकिएको छ । 

    images

    शनिबार राति भएको नयाँ सिजनको दास्रो खेलमा बार्सिलोना घरेलु टोली एथ्लेटिको बिल्बाओसँग एक एक गोलको बराबरीमा रोकिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो तर दोस्रो हाफको खेलको ५०औं मिनेटमा इनिगो मार्टिनेजले गोल गदै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

    त्यस्तै खेलको ७५औं मिनेटमा पाहुना टोली बार्सिलानाको लागि मेम्फि डिपेले गमेल गरी खेल एक एक गोलको बराबरी अबस्थामा ल्याए । खेलको अतिरिक्त समयमा पाहुना टोली बार्सिलोना १० खेलाडीमा समेटियो उसका इरिक गार्सियाले रातो कार्ड पाएका थिए । 

    images

    उक्त बराबरी सँगै २ खेलबाट बार्सिलोनाले ४ अंक बनाएको छ । यता घरेलु टोली बिल्बाओले भने २ खेलबाट २ अंक बनाएको छ । 

    अन्य खेलको नतिजा 
    एलाभेस भर्सेस मार्लोका (१-०)
    इस्पानोल भर्सेस भिल्लारियल (०-०)
    ग्रानाडा भर्सेस भ्यालेन्सिया (१-१)