आइतबार, भाद्र २८ गते २०८३
images

गोलकिपर रोशन गुरुङ्ग थ्री स्टारमा अवुबन्धित

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 465
    SHARES
  • गोलकिपर रोशन गुरुङ्ग थ्री स्टारमा अवुबन्धित

    भाद्र ६ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल क्लब रुसलना थ्री स्टारले गोलकिपर रोशन गुरुङ्गलाई अवुबन्धित गरेको छ । थ्री स्टारले आज आइतबार सामाजिक सञ्जालमार्फत अवुबन्धित गरेको घोषणा गरेको छ ।

    images

    रोशन बी डिभिजन लिग क्लब तुसल युवा क्लबबाट थ्री स्टार भित्रिएका हुन् । गुरुङ्गले २०७२ मा सानोगौचरन युवा क्लबबाट आफ्नो फुटबल यात्रा सुरु गरेका थिए । उनले १७ बर्षको उमेरमा सी डिभिजनमा आधारित सानोगौचरण युवा क्लबबाट आफ्नो पहिलो व्यावसायिक फुटबल यात्रा प्रारम्भ गरेका थिए ।

    गोलकिपर गुरुङ्गले ब्वाईज युनाइटेडबाट पनी सी डिभिजन लिग खेलेका छन् । उनले २०१९–२० सिजन तुसल युवा क्लबबाट बी डिभिजन लिग खेलेका थिए ।

    images

    “म थ्री स्टार क्लबको हिस्सा बन्न पाउँदा धेरै धन्य भएको महसुस गर्छु । मैले फुटबल खेल्न थालेदेखि नै सँधै यस क्लबको खेलाडी बन्ने सपना देखेको थिए । यस दिनको लागी मैले साँच्चै कडा मेहनत गरेको छु र म यसलाई साबित गर्न कडा मेहनत गरिरहनेछु । यो थ्री स्टार क्लबको ब्याज राख्ने अवसर पाउँदा गर्वको अनुभूति हुन्छ “, क्लको विज्ञप्ति मार्फत गुरुङ्गले भने ।

    यस अघि श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थ्री स्टारले कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ र निराजन महर्जन, मिडफिल्डर सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता विस्तार गरिसकेको छ ।भने मिडफिल्डर आयुश घलान, डोना थापा र राफायल बिडीएस रिमलाई टोलीमा अनुबन्ध गरिसकेको छ । त्यस्तै ए डिभिजन लिग आगामी कात्तिक २९ बाट सुरु हुनेछ ।