असार ६ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
सम्पन्न मत परिणाम अनुसार उनले निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले हराउँदै विजयी भएका हुन् । उनले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।


