शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी युएई

एक्सप्रेस पाना
आषाढ ८, २०७९ बुधबार
  • 319
    SHARES
  • सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी युएई

    असार ८ काठमाडौं । एसीसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने भएको छ ।

    images

    युएईले समूह ए को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

    युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो ।

    images

    नेपाल समूह बी को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ४ खेलमा ६ अंक जोडेको थियो । नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँडा हङकङसँग पराजित भएको थियो ।

    यस समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बन्यो । अब नेपालले सेमिफाइनलमा युएईसँग शुक्रबार खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।

    फाइनल पुग्ने दुई टोलीले महिला टि२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट