आइतबार, भाद्र २८ गते २०८३
images

सिरी ए : आज पनि चार खेल हुदै , युभेन्टस र उडिनेजे पनि भिड्दै

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 506
    SHARES
  • सिरी ए : आज पनि चार खेल हुदै , युभेन्टस र उडिनेजे पनि भिड्दै

    एजेन्सी । इटालियन सिरी ए फुटबलमा आज राति रोमाञ्चक खेलहरु हुदैछ । हिजाबाट सुरु भएको सिरी ए फुटबलमा आज ४ खेल हुदैछ । जसमा ८ टोली प्रतिस्पर्धामा रहेका छन् । नेपाली समयअनुसार आज राति हुने पहिलो खेलमा बोलाग्नले नव प्रवेशीक टोली स्पोर्टिभको सामना गर्ने छ । त्यस्तै दोस्रो खेलमा उपाधिको दाबेदार टोली युभेन्टसले उडिनेजेको समना गर्नेछ । उक्त खेल उडिनेजेको घरेलु मैदानमा नेपाली समय अनुसार राति १०ः१५ बजेबाट सुरु हुने । यता नापोलीले पनि भेनेजियासँग प्रतिस्पर्धा गर्नेछ ।

    images

    त्यस्तै आजको खेलमा पाहुना टोली युभेन्टसले आफ्ना स्टार खेलाडीको साथ घरेलु टोली सँग प्रतिस्पधा गर्नेछ । जसमा क्रिस्टियानो रोनाल्डो , डिब्बाला , मोराटा जस्ता खेलाडीले खेल्ने सम्भावना रहेको छ । युभेन्टस आजको खेलमा सहज जित निकाल्दै सुखद सुरुवा गर्ने योजनामा रहेको ।

    आज हुने अन्य खेल नेपाली समयअनुसार
    नापोली भर्सेस भेनेजिया (१२ः४५) बजे
    रोमा भर्सेस फेरेन्टीनो (१२ः४५) बजे

    images