शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रिय टोली बाहिर रहेका १० खेलाडीलाई बोलाउने एन्फाको तयारी

एक्सप्रेस पाना
आषाढ ९, २०७९ बिहीबार
  • 252
    SHARES
  • राष्ट्रिय टोली बाहिर रहेका १० खेलाडीलाई बोलाउने एन्फाको तयारी

    असार ९ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि प्रशिक्षकसँग विवादका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका १० खेलाडीलाई फेरि टिममै फर्काउने निर्णय गरेको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले खेलाडी र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादपछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीलाई टोलीमा सहभागी गराउने निर्णय गरिएको अध्यक्ष पंकज नेम्वाङले जानकारी दिए ।

    images

    उनीहरुलाई आगामी क्लोज क्याम्पमा ससम्मान फिर्ता बोलाइनेछ ।  तर, प्रशिक्षकको हकमा भने अल्मुताइरी र कतार फुटबल संघसँग समन्वय गरेर थप निर्णय गरिनेछ । त्यसका लागि एन्फाको सचिवालयलाई निर्देशन दिने निर्णय भएको नेम्वाङले जानकारी दिए । अब कतार फुटबल संघले चाहेको खण्डमा तथा एन्फा समेत सकारात्मक भएको अवस्थामा मात्रै अल्मुताइरी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक हुन पाउनेछन् । नत्र उनी बिदा हुनेछन् । उनी पटक पटक विवादमा आएका थिए भने यसअघि नै उनलाई हटाउने बारे छलफल भएपनि एन्फाको चुनावकै कारण यसबारे निर्णय हुन सकेको थिएन । 

    बैठकपछि जारी गरिएको ७ बुँदे विज्ञप्तिमा एन्फाको आगामी कार्यकालका लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्ति गर्ने निर्णय भएको छ । बैठकले २१औ साधारण सभा तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने निर्वाचन समिति, निर्वाचन अपिल समिति, निवर्तमान कार्यसमिति, जिल्ला फुटबल संघ, क्लबहरू, एन्फा समितिहरु, सुरक्षाकर्मी, एन्फाका कर्मचारी लगायत सम्पूर्णलाई धन्यवाद दिने निर्णय पनि गरेको छ । 

    images

    बैठकले ३० दिन भित्र श्वेतपत्र जारी गरि संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिने निर्णय पनि पारित गरेको छ । यस्तै अखिल नेपाल फुटबल संघमा केही कर्मचारीहरु आवश्यक देखिएकोले पदपूर्तिका लागि आवश्यक प्रक्रिया पुरा गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित भएको छ । यही जुलाई २ मा बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी( क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित भएको एन्फाले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # एन्फा निर्वाचन