शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालको फिफा वरीयतामा आठ स्थान तल

एक्सप्रेस पाना
आषाढ १०, २०७९ शुक्रबार
  • 371
    SHARES
  • नेपालको फिफा वरीयतामा आठ स्थान तल

    असार १० काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औं स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औं स्थानमा थियो ।

    images

    नेपालले भर्खरैमात्र एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो ।

    वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।

    images

    नेपाल दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा छ। नेपाल एसियाली वरीयताको ३५औं स्थानमा छ। दक्षिण एसियाको शीर्ष स्थानमा भने भारत छ । भारत वरीयताको एक सय चार स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल