आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : युनाइटेड बराबरीमा रोकिँदा टोटनह्याम विजयी

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 342
    SHARES
  • प्रिमियर लिग : युनाइटेड बराबरीमा रोकिँदा टोटनह्याम विजयी

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा फुटबल अन्तर्गत नयाँ सिजन २०२१र२२ को दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । 

    images

    आइतबार राति साउथह्याम्पटनको मैदानमा भएको खेलमा युनाइटेड घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

    आत्मघाती गोलका कारण युनाइटेड बराबरीमा रोकिएको हो । खेलको ३०औं मिनेटमा फ्रेडको आत्मघाती गोलमा साउथह्याम्पटनले सुरुवाती अग्रता बनाएको थियो । 

    images

    पहिलो हाफमा एक शून्य गोलले पछि परेको युनाइटेडका लागि खेलको ५५औं मिनेटमा मासोन ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए  र, बाँकी समय गोल नहुँदा युनाइटेड बराबरीमा रोकिएको हो । 

    239066975_392089898954528_4446695693117004701_n.jpg

    उक्त बराबरीसँगै युनाइटेडले दुई खेलमा चार अङ्क जोडेको छ । यसअघि उसले लिड्स युनाइटेडमाथि ५–१ गोलको जित निकालेको थियो । युनाइटेड चौथो स्थानमा छ । साउथह्याम्पटन भने एक अङ्कका साथ १३औं स्थानमा छ । 

    त्यस्तै अर्को खेलमा टोटनह्याम हटस्परले दोस्रो जित निकालेको छ । आइतबार टोटनह्यामले वुल्भ्समाथि १–० गोल निकालेको हो । यसअघि पहिलो खेलमा टोटनह्यामले साविक विजेता म्यानचेस्टर सिटीलाई हराएको थियो । 

    वुल्स्भसको मैदानमा टोटनह्यामको जितमा डेले अलीले निर्णायक गोल गरे । अलीले खेलको नवौँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोटनह्यामलाई जिताए । 

    उक्त जितसँगै टोटनह्यामले दुई खेलमा ६ अङ्क जोडेको छ । ऊ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अङ्कविहीन वुल्भ्स भने १७औं स्थानमा छ ।

    239643755_149930373955774_4038965554965552141_n.jpg