एजेन्सी । इटालियन सिरी ए फुटबल प्रतियोगितामा नयाँ सिजन २०२१र२२ को पहिलो खेलमा युभेन्टस बराबरीमा रोकिएको छ ।
गत राति सम्पन्न भएको खेलमा पाहुना टोली युभेन्टस घरेलु टोली उडिनेजेसँग २/२ गोलको बराबरीमा रोकिएको हो । कुनै समय २/० गोलको अग्रता बनाएको युभेन्टस उक्त अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।
युभेन्टसका लागि खेलको तेस्रो मिनेटमै अर्जेन्टिनी फरवार्ड पाउलो डिब्बालाले गोल गरि सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको २३औं मिनेटमा मिनेटमा जुआन क्वाड्राडोले गोल गरेपछि पहिलो हाफभरि युभेन्टसले २/० गोलको अग्रता बनायो ।
तर दोस्रो हाफको खेलको ५१औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको मौका पाएको थियो, जसमा रोबर्टो पेरेयराले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ८३औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गरेपछि उडिनेजे २/२ गोलको बराबरी अबस्थामा फर्कियो ।
यस खेलको ५९औं मिनेटमा मात्र पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो मैदान प्रवेश गरेका थिए । प्रशिक्षक म्याम्सिमिलियानो एलेग्रीले उनलाई पहिलो खेलमै बेन्चबाट थालनी गराएका थिए । यस्तै खेलको इन्जुरी समयमा रोनाल्डोले गोल गरेपनि गोलको मान्यता नपाउदा युभेन्ट्स जित निकाल्न बन्चित भएको थियो । भीएआरको सहायतामा रोनाल्डोको गोल अफसाइड देखिएको थियो ।
उक्त बराबरीसँगै दुवैले एक–एक अंक बाँडे । यत घरेलु लिगको अङ्कतालिकामा चौथो स्थानमा रहदा युभेन्टस यसपटक उपाधिमा पुनः दाबी गर्ने योजनामा छ ।
अन्य खेलको नतिजा
बोलाग्न भर्सेस स्पोर्टिभ (३-२)
नापोली भर्सेस भेनेजिया (२-०)
रोमा भर्सेस फेरेन्टीनो (३-१)


