शुक्रबार, आश्विन २३ गते २०८३
images

अर्थमन्त्री शर्मालाई क्यानको धन्यवाद 

एक्सप्रेस पाना
आषाढ १२, २०७९ आइतबार
  • 367
    SHARES
  • अर्थमन्त्री शर्मालाई क्यानको धन्यवाद 

    असार १२ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको अनुरोध बमोजिम त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियुका लागि ‘फ्लड लाइट’ लगायत विभिन्न क्रिकेट पूर्वाधारका लागि बजेट विनियोजन गरेकोमा माननीय अर्थमन्त्री जनार्दन शर्मालाई क्यानका पदाधिकारीहरुले आज भेटेर धन्यवाद दिएका छन् ।

    images

    मन्त्री शर्माले आगामी दिनमा क्रिकेटको पूर्वाधार विकासमा थप लगानी गरी नेपाली क्रिकेटलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको क्याने जनाएको छ ।

    बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, क्यानका कार्यकारी सदस्य वीरेन्द्रबहादुर चन्द र टिम फिजियो विक्रम न्यौपाने रहेको क्यान पदाधिकारीको टोली रहेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट