सोमबार, कार्तिक १७ गते २०८३
images
images

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

एक्सप्रेस पाना
आषाढ १३, २०७९ सोमबार
  • 341
    SHARES
  • हतियारसहित तीन भारतीय नागरिक पक्राउ

    असार १३ काठमाडौं । सशस्त्र प्रहरीको टोलीले आज धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

    images

    सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिनुभयो । जकपुरधामबाट भारततर्फ जाँदै गरेको तीनै सवार बिआर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई भारतीय सीमा क्षेत्रमा रोकेर जाँच गर्दा सिटमुनीबाट मेड इन युएसए लेखिएको ७।६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक सुवेदीले बताए । 

    पक्राउ परेका तीनैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    images