शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फिफा अध्यक्ष इन्फान्टिनोद्वारा एन्फा अध्यक्ष नेम्वाङलाई बधाई

एक्सप्रेस पाना
आषाढ १४, २०७९ मंगलबार
  • 366
    SHARES
  • फिफा अध्यक्ष इन्फान्टिनोद्वारा एन्फा अध्यक्ष नेम्वाङलाई बधाई

    असार १४ काठमाडौं । नवनिर्वाचित अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङलाई अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा)ले बधाई दिएको छ ।

    images

    फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आज एक पत्रमार्फत अध्यक्ष नेम्वाङलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । उनले नवनिर्वाचित वरिष्ठ र उपाध्यक्ष र कार्यसमिति सदस्यहरूलाई पनि बधाई दिए ।

    पत्रमा भनिएको छ, तपाईंको ज्ञान, नेतृत्व र अनुभवले नेपालमा हाम्रो सुन्दर खेलको विकासमा ठूलो प्रभाव पार्नेछ भन्ने मलाई विश्वास छ ।

    images

    अध्यक्ष  इन्फान्टिनोले भने, नेपालको फुटबलको भविष्यका लागि दिगो विरासतको निर्माण र साक्षी बन्नको लागि म तपाईं र तपाईंको टोलीलाई आगामी सबै चुनौतीहरूको लागि शुभकामना र सफलताको कामना गर्दछु।

  • सम्बन्धित विषय:

  • # फुटबल