असार १५ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई कतार फुटबल संघले बधाई तथा शुभकामना दिएको छ ।
एक पत्रमार्फत अध्यक्ष नेम्वाङलाई बधाई तथा शुभकामना सन्देश पउँदै भनेको छ, आशा छ मेरो पत्रले तपाईलाई राम्रो स्वास्थ्यमा भेट्टाउनेछ ।
पत्रमा भनिएको छ, अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा सफल निर्वाचित हुनुभएकोमा तपाईलाई यो अवसरमा बधाई दिन चाहन्छु । हाम्रो प्यारो खेलप्रतिको तपाईंको जोश जान्न नेपाल फुटबल राम्रो हातमा छ भन्ने कुरामा मलाई कुनै शंका छैन । एन्फाको महाधिवेशनले नेपाल फुटबलको हितमा मन लाग्ने अध्यक्ष चयन गरेकोमा म विश्वस्त छु।
तपाईलाई अवगत नै होला अध्यक्ष महोदय, कतार फुटबल संघ (क्यूएफए) र एन्फाले वर्षौंदेखि खेलकुदप्रतिको विश्वास र लगनमा निर्माण भएको बलियो सम्बन्ध रहेको छ। हाम्रा दुई महासंघबीच स्थापित यो बलियो आधारलाई निरन्तरता दिईरहन हाम्रो इच्छा छ । हाम्रा दुई महासंघको पारस्परिक हितमा भएका सबै प्रयासहरू भेटेर छलफल गर्न पाउँदा राम्रो हुनेछ । नेपाल फुटबलको सफलताको शुभकामना ।




