असार १५ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिलाई बधाई दिएका छन् ।
‘प्रचण्ड’ले बुधबार एन्फाका कार्यसमितिसँग खुमलटारस्थित आफ्नै निवासमा भेट गरेका थिए ।

कार्यसमितिसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्टले फुटबलको विकासका लागि रचनात्मक भूमिका खेल्न पाउँदा खुसी हुने बताए । अध्यक्ष नेम्वाङलाई तपाईंको कार्यकालमा निर्वाचित सबैलाई हार्दिक शुभकामना र मेरो पूर्ण सहयोगको आश्वासन दिन्छु । म पनि खेलको विकासका लागि आफ्नो क्षमताले सक्दो गर्नेछु, प्रचण्डले भने।
एन्फाले २१औं महाधिवेशनले गत असार ६ गते भएको निर्वाचनबाट पंकज बिक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।




