एजेन्सी । स्पेनिस महाराथी रियल मड्रिडले नयाँ सिजन २०२१/२१ को आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।
आइतबार राति सम्पन्न खेलमा पाहुना टोली रियलले लेभान्टेसँग ३-३ गोलको बराबरी खेल्दा अङ्क बाँडेको हो । रियलका लागि बेलले एक गोल गर्दा भिनिसियस जुनियरले दुई गोल गरेका थिए । यता लेभान्टेका लागि रोजर, जोसे क्याम्पना र रोबरले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । उनको गोलमा रियलले पहिलो हाफभरि १-० गोलको अग्रता बनाएको थियो । बेल यसै सिजनमात्र इंग्लिस क्लब टोटनह्याम हटस्परबाट लोन सकाउँदै रियल फर्किएका हुन् । टोटनह्यामबाट फर्किएपछि बेलको यो पहिलो गोल हो । यनले २२ जनवरी २०२० मा कोपा डेल रेअन्तर्गत युनिओनिस्टासविरुद्ध गोल गरेका थिए । त्यसयता पाँच सय ७८ दिन बित्दासमेत उनले गोल गरेका थिएनन् ।
उक्त लेभान्टेसँगको बराबरीसँगै रियलले दुई खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।


