शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रज्वल र किशनले यू-२० साफ च्याम्पियनसिप खेलाउने

एक्सप्रेस पाना
आषाढ १६, २०७९ बिहीबार
  • 432
    SHARES
  • प्रज्वल र किशनले यू-२० साफ च्याम्पियनसिप खेलाउने

    असार १६ काठमाडौं । फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा सहायक रेफ्री किशन कनैया यादवले आगामी जुलाई २५ देखि अगस्ट ५ सम्म भारतमा आयोजना हुने यू-२० साफ च्याम्पियनसिपमा अफिसिङ गर्ने छन् ।

    images

    दक्षिण एसिया फुटबल फेडेरेसन (साफ)ले दुई नेपाली रेफ्रिलाई साफले प्रतियोगिताका लागि छनोट गरेको छ । क्षेत्री र यादवले २०२१ मा आ(आफ्नो फिफा ब्याज प्राप्त गरे थिए ।

    भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सको सहभागिता रहनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल