असार १६ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले बुधबार काठमाडौंस्थित कतार दूतावासमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग भेटवार्ता गरेका छन् ।
राजदूत अल हेलले नेम्बाङलाई एन्फाको नेतृत्वमा निर्वाचित भएकोमा बधाई दिए । सो अवसरमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मालेकुले राजदूतसँगको सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे छलफल गरेका थियो ।
दुवै पक्षले संयुक्त सहकार्य र सहकार्यबाट नेपालमा फुटबलको विकास गर्न सहमत भएका छन् । यस्तै उक्त कार्यक्रममा थ्री स्टार क्लबका महासचिव सञ्जीव सिलपकारको पनि उपस्थिति रहेको थियो ।




