शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दिवाकर यू-२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त

एक्सप्रेस पाना
आषाढ १७, २०७९ शुक्रबार
  • 356
    SHARES
  • दिवाकर यू-२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त

    असार १७ काठमाडौं । दिवाकर घले गुरुङलाई शुक्रबार यू-२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त गरिएको एन्फाले जनाएको छ ।

    images

    महावीर क्लबका अध्यक्ष समेत रहेका गुरुङले आगामी जुलाई २५ देखि अगस्ट ३ सम्म भारतमा हुने साफ यू-२० च्याम्पियनसिपमा टोलीको जिम्मेवारी सम्हाल्ने छन् । उनले एएफसी यू-२० एसिया कप छनोटमा पनि टोलीलाई सम्हाल्ने छन् । सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा आयोजना हुनेछ। राष्ट्रिय यू–२० प्रतियोगिताका लागि अहिले बन्द शिविरमा छ ।

    नेपालले साफ यू-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।

    images

    एएफसी यू-२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू-२० टोली पनि परेको छ ।

    नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल