शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-२० फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

एक्सप्रेस पाना
आषाढ १९, २०७९ आइतबार
  • 733
    SHARES
  • यू-२० फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

    असार १९ काठमाडौं । भारतमा हुने साफ यू-२० च्याम्पियनसिप र ​​बहराइनमा हुने एएफसी यू-२० एसियन कप छनोटका लागि अहिले बन्द शिविरमा रहेको यू-२० राष्ट्रिय टोलीका खेलाडीको संख्या ३० पुगेको छ ।

    images

    मुख्य प्रशिक्षक मेघराज केसीले टोलीमा बोलाइएका ४१ खेलाडीमध्ये ११ खेलाडीलाई बाहिर  राखेका हुन् ।

    नेपालले साफ यू-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ। 

    images

    त्यस्तै यु–२० एसिया कपको छनोमा नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ। तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।

    टोली : 
    गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, सौरभ कार्की
    डिफेन्डरः अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज ठोकर
    मिडफिल्डरः अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनाग्या नकर्मी, आयुष घलान
    फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी

  • सम्बन्धित विषय:

  • # फुटबल