बुधबार, श्रावण १३ गते २०८३
images
images

नेपाल प्रहरीका ३२ एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस

एक्सप्रेस पाना
आषाढ २५, २०७९ शनिबार
  • 257
    SHARES
  • नेपाल प्रहरीका ३२ एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस

    काठमाडौँ, २५ असार 
    नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ३२ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

    images

     सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, डा मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य र अरुण पौडेल रहनुभएको छ । यस्तै गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मादास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी रहनुभएको छ ।

     उहाँहरुलाई प्रहरी नियमावली, २०७१ ९संशोधनसहित०को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिनुभयो । 

    images