शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनआरटीको फराकिलो पराजय

एक्सप्रेस पाना
आषाढ २६, २०७९ आइतबार
  • 501
    SHARES
  • एनआरटीको फराकिलो पराजय

    असार २६ काठमाडौं । 'ए' डिभिजन फुटबल क्लब न्युरोड टिम (एनआरटी) ले दोस्रो मैत्रीपूर्ण खेलमा फराकिलो हार व्यहोरेको छ ।

    images

    थाइल्याण्ड भ्रमणमा रहेको एनआरटीले आइतबार भएको खेलमा थाईल्याण्डको शीर्ष डिभिजनको क्लब चोनबुरी क्लबसँग ९-० गोल अन्तरले पराजित भएको हो ।  

    एनआरटीले यस अघि बिहीबार तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग खेल खेलेको थियो । उक्त खेलमा एनआरटी ५-२ गोल अन्तरले पराजित भएको थियो । प्रि-सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले अब बुधबार थोनबुरी एफसीसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

    images

    यसअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल