शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लिग टू : नेपाल र नामिविया भिड्दै

एक्सप्रेस पाना
आषाढ २७, २०७९ सोमबार
  • 385
    SHARES
  • लिग टू : नेपाल र नामिविया भिड्दै

    असार २७ काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको एक दिवसीय क्रिकेटमा नेपालले आज नामिवियासँग खेल्दै छ।

    images

    नेपालले स्कटल्याण्ड र नामिवियासँग दुई दुई वटा एक दिवसीय खेल्ने छ। पहिलो खेलमा नामेवियासँग खेल्दै नेपाली टोलीले प्रतियोगिताको सुरुवात गर्दैछ।

    नेपाल र नामेवियाबीचको खेल आज दिउँसो सवा ३ बजे सुरु हुनेछ। नामिवियाले पहिलो खेलमा स्कटल्याण्डसँग पराजय भोगेकाले नेपालविरुद्ध जीत निकाल्ने लक्ष्यमा रहँदा नेपाल पनि सिरिजमा पहिलो खेलमै जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छ। नेपाली टोलीले स्कटल्याण्ड भ्रमण गर्नुअघि क्यानडामा अभ्यास गरेको थियो। त्यहाँको स्थानीय क्लब र राष्ट्रिय टिमसँगको खेलपछि नेपाली टिम स्कटल्याण्ड पुगेको हो।

    images

    आईसीसी विश्वकप लिग टू अन्तर्गत शीष ३ टिम विश्वकपमा प्रवेश गर्ने छन्। ७ टिम रहेकोमा अहिले नेपाल पाँचौं स्थानमा रहेको छ। यो सिरिजमा अंक तालिकामा सुधार गर्ने नेपालको लक्ष्य रहेको छ।   

  • सम्बन्धित विषय:

  • # क्रिकेट