शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नामिबियासँग पराजित नेपालको एक स्थान खस्कियो

एक्सप्रेस पाना
आषाढ २८, २०७९ मंगलबार
  • 392
    SHARES
  • नामिबियासँग पराजित नेपालको एक स्थान खस्कियो

    असार २८ काठमाडौं । आइसिसी विश्व कप लिग २ मा नामिबियाविरुद्ध नेपालले हार बेहोरेको छ । 

    images

    स्कटल्यान्डमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा पूरै विकेट गुमाएर २२० रन बनाएको थियो ।

    २२१ रनको मध्यम लक्ष्य पाएको नेपालले ४६.५ ओभरमा १८० रन मात्रै बनाउन सक्यो । नेपालले सिरिजको पहिलो खेलमा हार भोग्न बाध्य बन्यो ।  नेपालका कप्तान सन्दिप लामिछानेले १० ओभरमा ५४ रन दिएर नामिबियाको चार विकेट लिए पनि नेपालको जितका लागि त्यो पर्याप्त हुन सकेन । 

    images

    बलिङमा सन्तुलित प्रदर्शन गरेको नेपालको ब्याटिङ चल्नै सकेन । नेपालका लागि सर्वाधिक रन आरिफ शेखले बनाए । ८४ बलको सामना गरेका शेख दुई चौकाको मद्दतमा ५० रनमा नटआउट रहे ।  आफ्ना माथिल्लो ब्याटरलाई सस्तैमा समेटेको नेपालको मध्यम र तल्लो क्रमका ब्याटरले पनि खासै प्रदर्शन गर्न सकेनन् । 

    नेपाललाई सस्तैमा समेट्न नामिबियाका डेभिड विसे, जान फ्राइलिङ्क र बर्नार्डले समान दुई विकेट लिए । त्यसबाहेक रुबेन ट्रम्पलम्यान र गर्हार्ड इरास्मसको नाममा एक–एक विकेट रह्यो ।

    नामिबियाका लागि मध्यक्रममा ब्याटर निकोलले ६० र ओपनर डिवान ला ककले ४१ रन बनाएका थिए । उक्त हारसँगै अङ्क तालिकामा नेपाल नामिबियाभन्दा पछि परेको छ । १७ खेल खेलेको नेपालले १५ अङ्क बटुल्दा नामिबियाले १६ खेलमा १६ अङ्क बटुलेको छ । यस नतिजासँगै नेपाल छैटौं स्थानमा र नामिबिया पाँचौं स्थानमा उक्लिएको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट