एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रिले तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेको छन् । उक्त हस्ताक्षरसँगै उनि सन् २०२७ सम्म इतिहाद स्टेडियममा रहने भएका छन् ।
स्पेनी अन्तर्राष्ट्रिय मिडफिल्डर रोड्रिले पेप गार्डियोलाको टोलीको प्रमुख सदस्य बनेपछि प्रिमियर लिग च्याम्पियनहरूले लामो सम्झौता गर्न चाहेका खेलाडीमध्ये एक हुन् ।
२६ वर्षीय उनी सन् २०१९ मा एट्लेटिको म्याड्रिडबाट (७० मिलियन डलर) को सम्झौतामा सामेल भएका थिए र प्रिमियर लिगको उपाधि जित्नमा महत्वपूर्ण भूमिका खेलेका थिए।



