असार २९ काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
टिटवुड ग्लासगोमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा कुनैपनि परिवर्तन भने गरेको छैन । नामिबियासँगको टोलीलाई नै निरन्तरता दिएको छ ।
नेपाल पहिलो खेलमा ४० रनले पराजित भएको थियो । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ७७ रनले पराजित भएको थियो । नेपाल पहिलो जितको सोचमा हुनेछ भने यता घरेलु टोली स्कटल्यान्ड लगातार दोस्रो जितको सोचमा छ ।
नेपाली टोली:




