शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनआरटीद्वारा थोनबुरी पराजित

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 232
    SHARES
  • एनआरटीद्वारा थोनबुरी पराजित

    असार २९ काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी)ले तेस्रो मैत्रीपूर्णमा जित निकालेको छ ।

    images

    बुधबार थाइल्याण्डको तेस्रो डिभिजनको क्लब थोनबुरी युनाईटेडलाई एनआरटीले २-१ गोल अन्तरले हराएको हो ।

    एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउ र दिपेश घलेले एक एक गोल गरे । यता घरेलु टोलीको लागि किटिपोङ सेङपोङले एक गोल गरे । यस अघि एनआरटीले दुई मैत्रीपूर्ण खेलमा हार ब्यहोरेको थियो ।

    images

    एनआरटीले यस अघि शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । चोनबुरीसँग ९-० ले पराजित एनआरटी कासेमसँग ५-२ गोल अन्तरले पराजित भएको थियो । प्रि-सिजनको तयारीका लागि एनआरटीको टोली थाइल्याण्ड पुगेको हो ।

    थाइल्याण्ड जानु अघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा ९टीवाईटी० कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल