शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्कटल्यान्डलाई हराउँदै नेपालले रच्यो इतिहास

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 593
    SHARES
  • स्कटल्यान्डलाई हराउँदै नेपालले रच्यो इतिहास

    असार २९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको छ । 

    images

    आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो । यसअघि नेपालले एकदिवसिय र टि२० दुबैमा स्कटल्यान्डलाई हराउन सकेको थिएन । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

    नेपाललाई सहज जिताउन युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । आसिफले छक्का हान्दै ४८ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक पूरा गरेका थिए ।

    images

    यता रोहित पौडेल ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए । आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । कुशल २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । 

    उक्त जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट