एजेन्सी । बार्सिलोनाका फ्रेन्च विङ्गर उस्माने डेम्बेले थप दुई वर्ष रहने भएका छन् । उनको सम्झौता जुनको अन्त्यमा समाप्त भएको थियो, तर उनले बार्सिलोनामा थप दुई वर्षको नयाँ सम्झौतामा सहमत भएका छन् ।
यता बार्सिलोनाले डेम्बेले क्याम्प नोउमा दुई वर्षको नयाँ सम्झौतामा सहमत भएको पुष्टि गरेको छ ।
सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बार्सिलोनामा आवद्ध भएपछि डेम्बेलेले गरेको पाँच वर्षे सम्झौताको म्याद जुनको अन्त्यमा सकिएको थियो ।
नयाँ सम्झौता अनुसार उनि अब बार्सिलोनामा २०२३/२४ सिजनको अन्त्यसम्म रहने भएका छन् ।



