शुक्रबार, श्रावण २९ गते २०८३
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत जाँदै

एक्सप्रेस पाना
आषाढ ३१, २०७९ शुक्रबार
  • 385
    SHARES
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत जाँदै

    असार ३१ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

    images

    दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिनुुभएको थियो । अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको स्थायी समिति बैठकमा छलफल भएको थियो । 

    बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो । दाहाल आगामी साउन १ गते स्वदेश फर्कनु हुने

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड