शनिबार, श्रावण ३० गते २०८३
images
images

भोलि एन्फा कार्यसमिति बैठक बस्दै, यी हुन् मुख्य एजेन्डा

एक्सप्रेस पाना
श्रावण १, २०७९ आइतबार
  • 378
    SHARES
  • भोलि एन्फा कार्यसमिति बैठक बस्दै, यी हुन् मुख्य एजेन्डा

    साउन १ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति भोलि सोमबार बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धी मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्तिसम्बन्धी मुख्य योजना बनाएको छ ।

    images

    यस्ता छन् मुख्य एजेन्डा 
    -महिला साफ च्याम्पियनसिपको योजना तथा टिम तयारी । जसमा समय र स्थान निर्णय गर्ने रहेको छ । त्यस्तै टिम कोच र मेनेजर नियुक्ति रहेको छ ।
    -एनएसएलसँग सम्झौता गर्ने नगर्ने । एनएसएल हुने नहुने विषयमा ।
    -एन्फाको पदपूर्ति सम्बन्धी ।
    -सी डिभिजन लिग छनोट सम्बन्धी ।
    -फुटबल टोलीको दैनिक प्रशिक्षण सम्बन्धी ।
    -यू–२० र यू–१७ टिमको सहभागिता तथा प्रशिक्षक र मेनेजर नियुक्ति सम्बन्धी ।

  • सम्बन्धित विषय:

  • # फुटबल