शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टि२० लिग खेल्ने ४ टोलीको नाम घोषणा

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 393
    SHARES
  • टि२० लिग खेल्ने ४ टोलीको नाम घोषणा

    साउन २ काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि२० लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ । 

    images

    आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानद्वारा आज आयोजित कार्यक्रममा चार टोली र मालिकको नाम सार्वजनिक गरिएको हो । प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । कान्तिपुरको टोली मालिकमा महेश्वर स्वाँर, लुम्बिनीको सञ्जय शर्मा, विराटनगरका विक्रम यादव र जनकपुरका गौरीशङ्कर धामनी रहेका छन् ।

    पहिलो संस्करणको उक्त प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । बाँकी दुई टोलीको नाम र मालिक भने चाँडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले समेत मान्यता दिएको छ भने क्यानले उक्त प्रतियोगितालाई नेपालको आधिकारिक फ्रेन्चाइज लिग मानेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट