असार ४ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यू-१७ राष्ट्रिय टोलीका लागि खेलाडी छनोटका लागि जुलाई २५ अर्थात साउन ९ गते देखि खुला छनोट गर्ने भएको छ ।
२०६२ साल पुस १७ गते (सन् २००६ जनवरी १) पछि जन्मिएका इच्छुक खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छनोट प्रक्रियामा भाग लिन सक्ने जनाएको छन् ।
यस्तै खेलाडीहरूले फारम भरी दर्ताका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुझाउनु पर्नेछ । जसमा खेलाडीहरूले दर्ताका लागि एन्फा कम्प्लेक्समा जन्म प्रमाणपत्र वा राहदानी वा राष्ट्रिय परिचयपत्र मध्य एक ल्याउनुपर्छ ।
यू–१७ राष्ट्रिय टोलीले सेप्टेम्बरमा हुने साफ यू-१७ च्याम्पियनसिप र २०२३ एएफसी यू-१७ एसियन कप छनोटमा भाग लिनेछ ।




