शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रशिक्षक पुबुदुद्वारा राजीनामा

एक्सप्रेस पाना
श्रावण ४, २०७९ बुधबार
  • 329
    SHARES
  • प्रशिक्षक पुबुदुद्वारा राजीनामा

    साउन ४ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टोलीमा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।

    images

    राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

    राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए ।

    images

    त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी-२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट