शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्ड र बाबुरामबीच आज पनि छलफल हुने

एक्सप्रेस पाना
श्रावण ५, २०७९ बिहीबार
  • 401
    SHARES
  • प्रचण्ड र बाबुरामबीच आज पनि छलफल हुने

    साउन ५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच बिहीबार पनि छलफल हुने भएको छ ।

    images

    भट्टराईनिकट एक नेताका अनुसार दुई नेताबीच पार्टी एकताकै विषयमा छलफल हुन लागेको हो । तर छलफल हुने स्थान र समय खुलाइएको छैन ।

    आजको वार्तामा एकताको मोडालिटी, नामबारेमा कुरा हुने र एउटा समझदारी बनाउने प्रयास गर्न लागेको स्रोतले जनाएको छ । प्रचण्ड र भट्टराईबीच मंगलबार (४ साउन) माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा एकघण्टा छलफल भएको थियो ।

    images

    भेटमा प्रचण्डले भट्टराईलाई एकतामा आउन आग्रह गरेका थिए। तर भट्टराईले माओवादी केन्द्रको नाम परिवर्तन गर्नुपर्ने शर्त राखेका थिए । उनले माओवादीमा एकतामा आउनुभन्दा माओवादीको नाम फेरेर नेकपा समाजवादी केन्द्र राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # बाबुराम भट्टराई