शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आयुषले यू-२० टोलीको कप्तानी गर्ने

एक्सप्रेस पाना
श्रावण ५, २०७९ बिहीबार
  • 403
    SHARES
  • आयुषले यू-२० टोलीको कप्तानी गर्ने

    साउन ५ काठमाडौं । साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी आयुष घलानले गर्ने भएका छन् ।

    images

    टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले मिडफिल्डर घलानले टोलीको नेतृत्व गर्ने जानकारी गराएका छन् । आयुष सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत हुन् । आयुषले राष्ट्रिय टोलीका लागि ७ खेलमा १ गोल गरिसकेका छन् ।

    नेपालले साफ यू-२० का लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली भोलि शुक्रबार भारत प्रस्थान गर्ने छन् । भारतमा आयोजना हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल माल्दिभ्सको सामना गर्नेछ । उक्त खेल भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा जुलाई २५ मा हुनेछ । यस प्रतियोगितामा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल