शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टीएसडब्लुएस पोखरा विश्वविद्यालयको दसौ नयाँ कार्यसमितिले सम्मान कार्यक्रम सम्मपन्न

एक्सप्रेस पाना
श्रावण ५, २०७९ बिहीबार
  • 900
    SHARES
  • टीएसडब्लुएस पोखरा विश्वविद्यालयको दसौ नयाँ कार्यसमितिले सम्मान कार्यक्रम सम्मपन्न

    विज्ञान कार्की

    images

    तराई विद्यार्थी समाज (टीएसडब्लुएस)पोखरा विश्वविद्यालयले दसौ नव कार्यसमितिले तराई विद्यार्थी समाजमा आबद्ध रहेका विद्यार्थीहरु पोखरा विश्वविद्यालयको विभिन्न संघ संस्थामा गरिमामय पदमा निर्वाचित भएका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम आज पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न गरेको छ ।

    सम्मान कार्यक्रममा पोखरा विश्वविद्यालय क्रिकेट क्लवमा निर्वाचीत अध्यक्ष अभिषेक यादव, उपाध्यक्ष्य विज्ञान कार्की, रोट्रयाक्ट क्लब अफ पोखरा विश्वविद्यालयमा निर्वाचित सचिव सुरज राज केशरी, हेड अफ डाईरेक्टर शत्रुधन शाह, उपाध्यक्ष शंकर शाह, जोईन्ट प्रोफेसनल डाईरेक्टर उदय सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

    images

    No description available.

    कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका एस्सोसियट प्रोफेसर उमेश प्रसाद गुप्ताले "पोखरा विश्वविद्यालयको यस समाजले गरेको यस नयाँ र मौलिक कार्यक्रमले पोखरा विश्वविद्यालयमा अध्यनरत विद्यार्थी हरुलाई थप उत्साह र हौसला प्रदान हुने" भनाइ थियो ।

    सम्मान कार्यक्रममा पोखरा विश्वविद्यालयका एस्सोसियट प्रोफेसर उमेश प्रसाद गुप्ता, भुपेन्द्र शर्मा, सन्तोष गुप्ता कार्यक्रममा उपस्थित थिए । तराई विद्यार्थी समाज पोखरा विश्वविद्यालयले असार २४ गते मुकेश कुमार (राम )यादवको अध्यक्षतामा दसौँ नव कार्य समिति गठन भएको थियो ।

    No description available.

  • सम्बन्धित विषय:

  • # क्रिकेट