शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुमार थापा महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त

एक्सप्रेस पाना
श्रावण ६, २०७९ शुक्रबार
  • 305
    SHARES
  • कुमार थापा महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त

    साउन ६ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।

    images

    आगामी भदौ २१ देखि अक्टोबर ३ सम्म हुनेछ । काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि उनले जिम्मेवारी पाएका हुन् । यस्तै एन्फाले टिम म्यानेजरमा महिला संघका पूर्व अध्यक्ष विन्द्रा देवानलाई नियुक्त गरिएको छ ।

    एन्फाले च्याम्पियनसिपका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति समेत गठन गरेको छ । सबै उपाध्यक्ष र कार्यसमिति सदस्यहरू आयोजक समितिको सदस्य हुनेछन् ।

    images

    यस्तै प्रतियोगिताको भेन्यु म्यानेजरमा रवीन्द्र चन्द, स्थानीय महासंयोजकमा विजय घले र सुरक्षा प्रमुखमा दिनेश ब्याञ्जनकार तोकिएका छन् । सञ्जीव सिलपकारले क्षेत्रीय प्रतिस्पर्धाको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार समितिको संयोजन गर्नेछन् ।

    बंगलादेशको ढाकामा बसेको साफ च्याम्पियनसिपको बैठकले नेपालमा साफ च्याम्पियनसिप गर्ने निर्णय गरेको हो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । 

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप