एजेन्सी । दुई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडबीच भएको खेलमा बार्सिलोनाले कठिन जित निकालेको छ ।
अमेरिकाको लासभेगसमा भएको प्रिसिजनको अघिको मैत्रिपूर्ण खेलमा बार्सिलोनाले रियल विरूद्ध १-० गोलको जित निकालेको हो । बार्सिलोनाको लागि निर्णायक गोलराफिन्हाले गरेका हुन् ।
उनले खेलको २७औं मिनेटमा बार्सिलोनाको लागि गोलगर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० गोलको अग्रतालाई अन्तिमसम्म कायम राखेको थियो । खेलमा थप गोल नभएपछि बार्सिलोनाले जितेको हो । उक्त खेल एल क्लासिको नामले चर्चित छ ।



