साउन ९ काठमाडौं । भारतको भुवनेश्वरमा आजबाट सुरु भएको यूू-२० साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।
निकै रोमाञ्चक बनेको पहिलो हाफमा खेलमा नेपाललाई अग्रता दिलाउन दीपेश गुरुङले गोल गरे । उनले खेलको ४१औं मिनेटमा निकै सुन्दर गोल गरेका हुन् । विपक्षिय खेलाडीले डिबक्स भन्दा बाहिर फल गरेपछि पाएको फ्रिकिकलाई कप्तान आयुष घलानले प्रहार गरेको उक्त बल माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा आएको बलमा झण्डै २५ यार्डबाट दीपेशले गोल गरेका थिए ।


