शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी, तीन युवा पक्राउ

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 347
    SHARES
  • सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी, तीन युवा पक्राउ

    काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै केही युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् ।

    images

    सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला तीनजना युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् । 

    ती युवाले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वानिधनताको रक्षा गरौँ भन्दै नारा लगाएपछि सुरक्षाकर्मीले उनीहरुलाई कार्यक्रमस्थलबाट पक्राउ गरेको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा